दीप-गोविन्द स्मृति कोषद्वारा सर्जक सम्मान

Read Time = 1 min

काठमाडौं । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १५औं स्थापना दिवसका अवसरमा स्रष्टाहरूलाई सम्मान गरिएको छ । दीप-गोविन्द स्मृति सम्मान कोषले विभिन्न सर्जक तथा व्यक्तित्वलाई सम्मान गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘दीप-गोविन्द स्मृति सम्मान’ वरिष्ठ आख्यानकार परशु प्रधानलाई प्रदान गरियो । नेपाली आख्यान साहित्यमा उल्लेख्य योगदान पुर्‍याएबापत प्रधानलाई उक्त सम्मान प्रदान गरिएको हो । सोही अवसरमा ‘ध.च. गोतामे स्मृति सम्मान’ उपन्यासकार सुमन वर्षाको नवीनतम उपन्यास ‘अन्ततः यन्त्रणा’लाई प्रदान गरियो ।

यस्तै, ‘गोपाल गोतामे स्मृति सम्मान’ पत्रकार सन्त गाहामगरलाई प्रदान गरियो । जेहेन्दार विद्यार्थी श्रीया श्रेष्ठलाई ‘शिक्षा पुरस्कार’ प्रदान गरियो । सम्मानित व्यक्तित्वहरूलाई नगद राशि पनि प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?