आज बस्ने राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक टेबल गर्ने तयारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे १२औँ अधिवेशनको ४०औँ बैठक बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबल गर्ने संसद् सचिवालयले जनाएको छ ।

फुयालले नै राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने सम्भावित कार्यसूची रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?