कुमारीले फ्रन्ट अफिस म्यानेजमेन्ट तालिम दिने

Read Time = 2 mins

काठमाडौं । कुमारी जबले पूर्वमिस नेपाल एवं ट्रेनर सुगारिका केसीलगायत दक्ष प्रशिक्षकको साथमा “फ्रन्ट अफिस म्यानेजमेन्ट एण्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम सञ्चालन गर्ने भएको छ । कुनै पनि अफिस अथवा संस्थाका लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुन्छ । काममा आफ्नो करिअर बनाउन र सफलता पाउन एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिन्छ ।

कुमारी जबका प्रवन्ध निर्देशक सन्देश भण्डारीले भन्नुभयो, 'अहिले काठमाडौंलगायत विराटनगर, पोखरा, बुटवल तथा नेपालका विभिन्न शहरमा ठूला-ठूला व्यापारिक संस्था खोल्ने, शाखा विस्तार गर्ने काम भइरहेका छन् । ती संस्थामा योग्य र तालिमप्राप्त उम्मेदवारको उच्च माग रहेको छ । सोही आवश्यकतालाई ध्यानमा राख्दै हामीले 'फ्रन्ट अफिस एण्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम' सञ्चालन गरेका हौँ ।' १२ दिने तालिम २७ जुलाइदेखि सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले इच्छुक व्यक्तिहरूलाई तालिमका लागि आह्वानसमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?