सिप्रदीको लोकोन्याभ बजारमा

Read Time = 2 mins

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो, जसले गाडीलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ । गाडीको ट्रयाकिङ, इन्धन सुपरीवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ निकै उपयोगी रहेको कम्पनीको दाबी छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भन्नुभयो 'सिप्रदीले सुरुवातदेखि ग्राहकको हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आफूलाई सशक्त रूपमा अघि बढाइरहेको छ । यसै परिप्रेक्ष्यमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ ।’ लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ताले भन्नुभयो, ‘हामी केही दिनमै छैठौं वर्षमा प्रवेश गर्दैछौं र यसलाई हाम्रो नेपालस्थित सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउँदैछ ।’ नविन प्रविधि प्रयोगमा बनेको उक्त प्लेटफर्मले गाडीधनी र चालकलाई कमभन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?