मंगलमका निर्देशक चुरिवाल सम्मानित

Read Time = 1 min

काठमाडौं । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित हुनुभएको छ । अवार्ड उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदान गर्नुभएको हो । कर्पोरेट म्यागजिनद्वारा आयोजित अवार्ड समारोहमा उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरू उर्मिला श्रेष्ठ र दीपक मलहोत्रा, नेपाल चेम्बरका पूर्व-अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व-उपाध्यक्ष उमेशलाल श्रेष्ठ, सदस्य हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्य लगायतहरूको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?