सर्वोच्चको अन्तरिम आदेश राप्रपा नेपालको पक्षमा, चुनावमा गाई चिन्ह प्रयोग गर्न पाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालले चुनाव चिन्हका रूपमा गाई पाउने भएको छ । यसअघि निर्वाचन आयोगले चुनाव चिन्हको रूपमा गाईको चिन्ह प्रयोग गर्न नदिने निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध राप्रपा नेपालले दायर गरेको रिटमा सर्वोच्च अदालतले आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

राप्रपा नेपालका महासचिव राजाराम बर्तौलाका अनुसार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनेर अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै राप्रपा नेपाललाई गाई चिन्ह लिएर चुनावमा जान बाटो खुला भएको बर्तौलाले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएको हुँदा गाई चुनाव चिन्ह दिन अस्वीकार गरेको थियो । त्यसको विरुद्धमा राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्चमा रिट हाल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?