द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै

हिमालय टाइम्स
Read Time = 1 min

नयाँ दिल्ली । भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिँदै हुुनुहुन्छ । मुर्मुले आज बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिन लाग्नुभएको हो ।

प्रधानन्यायाधीश एनभी रमानाले उहाँलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनुहुनेछ । सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नुहुनेछ ।

त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ः४२ बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ । तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ ।

६४ वर्षीया मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुनुहुन्छ । उहाँ भारतका १५औँ राष्ट्रपति हो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?