पूर्वअर्थमन्त्री प्रकरण: संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ । अहिलेसम्म अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नपाएपछि सिंहदरबार गेटकै फुटेज मगाएर अनुसन्धान गर्ने छानबिन समितिले निश्कर्ष निकालेको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?