एक वर्षमा नेपालको वैदेशिक व्यापार घाटा १७ खर्बभन्दा बढी

Read Time = 2 mins

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी भएको छ । भन्सार विभागका अनुसार गतवर्ष नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २१ अर्ब ७० करोड ४४ लाख १ हजार रुपैयाँले बढेको छ ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले वृद्धि भएको छ । गतवर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा आर्थिक वर्ष २०७६/७७ मा १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख ४८ हजार रुपैयाँ, २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपैयाँ र २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड ३४ लाख २७ हजार रुपैयाँ रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?