नागरिकता विधेयकमा गठबन्धनका नेताहरुले बलमिच्याँई गरेका छन्ः सांसद डा. विमला पौडेल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभाकी सदस्य डा. विमला पौडेलले गठबन्धन दलका नेताहरुले नागरिकता सम्बन्धी विधेयकमा बलमिच्याँई गरेको आरोप लगाउनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

‘नागरिकता जस्तो विषयमा सरकारले बलमिच्याँई गरेको छ । संसदको अवमूल्यन गरेको छ । गठबन्धन दलहरुका नेताहरुले बलमिच्याँइ गरेका छन्,’ डा. पौडेलले भन्नुभयो ।

उहाँले विधेयकको प्रक्रियामा समेत प्रश्न गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘जुन तरिकाले प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा आएको छ, त्यो प्रक्रियामा मेरो असहमति छ ।’

नागरिकता विधेयकमा छोरा र छोरीलाई विभेद गरिएको समेत उहाँले जनाउनुभयो ।

‘विधेयकमा एकल आमाका सन्तानलाई नागरिकता दिने कुरा छ, जसका कारण यो विधेयक फिर्ता गर्न हामीलाई अप्ठेरो छ । तर विधेयकमा अंगीकृत नागरिकता किन विवाह गरे लगत्तै दिने, यो सरकारले स्पष्ट पार्नु पर्छ,’ उहाँले भन्नुभयो ।

दक्षिण एसियाली अन्य देशमा अंगीकृत नागरिकता विवाह गरेको दुई देखि सात वर्षपछि मात्र दिने व्यवस्था रहेको समेत उहाँले स्मरण गर्नुभयो ।

‘विधेयकमा विभेद छ । छोराले विदेशी बुहारी ल्याउने वित्तिकै नागरिकता पाउने, छोरीले विहे गरे नपाउने ?,’ उहाँले प्रश्न गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?