पहिरोमा पुरिएर तीन जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

अछाम । अछामको तुर्माखाँद गाउँपालिका-२ भुलु बस्ने अम्मर बिष्टको घर गएराति पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा परि मृत्यु हुनेमा बिष्टको भाइ २६ वर्षीय वीरेन्द्र बिष्टसहित तीन जना रहेका छन् ।

पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रहफ, प्रहरी चौकी तुर्माखाद र प्रहरी चौकी पाल्तडा दैलेखबाट खटिएको प्रहरीले उनीहरूको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?