अवैध लागूऔषधसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं र सिरहाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका-८ घर भएका १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सिरहाको धनगढीमाई नगरपालिका-६ मोथियाही बस्ने २६ वर्षीया शुसिला कुमारी यादवलाई करिब ३ किलो ३ सय ग्राम गाँजासहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सर्लाहीको लालबन्दी नगरपालिका-१६ मिलन चोकस्थित जंगल नजिक बा.६ च ८६६६ नम्बरको पिकअप गाडीबाट करिब ४५ किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त स्थानमा गाडी छोडेर चालक फरार भएपछि गाडी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?