-विजय रावत
जुम्ला । जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । जिल्लाको तिला गाउँपालिका–४ स्थित नुवाकोट गाउँका बिष्णु हमालका परिवारका पाँच जना बिरामी भएका हुन् ।
बिरामी पर्नेमा बिष्णु हमाल, उनकी पत्नीसम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी भुवन भट्टाका अनुसार हमाल परिवारले आइतबार साँझ जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । पहिले बिष्णु हमाललाई वाककावी आएपछि अन्य परिवारलाई संका लागेर सवै उपचारका लागि आईतवार वेलुकीनै उपचारका लागि अस्पतालमा आएका थिए । विरामी परेकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जंगलमा कुन प्रजातिको च्याउ ल्याएर खाएभन्ने विषयमा अनुसन्धान भइरहेकोे छ । पछिल्लो समयमा जुम्ला प्रहरीले जंगली च्याउको जथाभावी सेवन नगर्न आग्रह गरेको छ । प्रहरीले स्थानीय तहमा सचेतनादिन थालेको छ । योे समयमा जंगलमा च्याउ ल्याएर पकाई खाने र जोखिमहुने सम्भावना बढ्ने भएकाले सचेत हुन आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका