Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

इटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Read Time = 1 min
A A- A+

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका स्कुटरमा पछाडी सवार मोरङकै सुन्दरहरैचा–३ गछीयाका २१ वर्षीय मनिस निरौलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

इटहरीबाट खनारतर्फ जाँदै गरेको को १ ख ३९६८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प १०६४ नम्बरको स्कुटरलाई आज बिहान सवा ७ बजे ठक्कर दिएको थियो ।

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?