राष्ट्र बैंकको मूल्यवुद्धि सर्वेक्षणः आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने सर्वेक्षणको नतिजाले देखाएको छ ।

‘९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले अगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन,’ राष्ट्र बैंकले सर्वेक्षण संक्षिप्त विवरणमा भनेको छ, ‘आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ ।’

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षको नतिजा सार्वजनिक गरेको हो ।

सर्वेक्षण २०७९ असार २० देखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणको नतिजा १ हजार १४१ सहरी व्यक्तिहरुको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

‘गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरुमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको अंश चैत २०७८ को तुलनामा बढेको छ,’ राष्ट्र बैंकले भनेको छ ।

तरकारी र फलफूल तथा माछा, मासु, दुध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरुमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरताहरुको अंश चैत २०७८ को तुलनामा घटेको छ ।

तीन महिना पछिको मध्य अपेक्षित मूल्यवृद्धिको प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ । एक वर्षपछिको मध्य अपेक्षित मूल्यवृद्धि चैत २०७८ को तुलनामा थोरै घटेको राष्ट्र बैंकले जनाएको छ ।

‘तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमसः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन् । व्यत्तिहरुले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्,’ राष्ट्र बैंकले भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?