भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री देउवा

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उहाँले जीवनमा गर्नुभएका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित हुनुभएको बताउनुभएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उहाँले स्वाभिमानी थापाले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

“थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उहाँले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओसारपसारका लागि पनि भीमसेन थापाले काम गर्नुभएको छ” प्रधानमन्त्री देउवाले भन्नुभयो ।

महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उल्लेख गर्नुहँुदै उहाँले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गर्नुभयो ।

कार्यक्रममा रु एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रा डा त्रिरत्न मानन्धर, प्रतिष्ठानका सदस्य–सचिव लक्ष्मण थापालगायतले नेपालको एकीकरण, इतिहास एवं राजनीतिक क्षेत्रमा भीमसेन थापाले गर्नुभएको महत्वपूर्ण कामका बारेमा व्याख्या गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?