छक्कापञ्जा ४ को छायांकन शुरु

Read Time = 2 mins

काठमाडौं । नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन शुरु भएको छ । सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन शुरु गरिएको हो ।

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बि.सी.ले निर्देशन गर्नेछन् ।
आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताउनु भयो । उहाँले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताउनु भयो ।

उहाँले फिल्ममा शहरको कथावस्तु रहेको बताउनु भयो । त्यस्तै कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताउनु भयो । उहाँले आजभन्दा दुई महिना अघि नै शुरु गर्नुपर्ने भएपनि कथावस्तु सक्न गाह्रो भएको बताउनु भयो । त्यस्तै कलाकार जितु नेपालले दीपकराज गिरीसँग कुनै झगडा नभइ समयसमयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताउनु भयो ।

फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?