ओझेलमा मालिकाबोताका धार्मिक तथा पर्यटकीय स्थल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

जुम्ला । हेर्दा अत्यन्तै रमणीय छ कनका सुन्दरी गाउँपालिका–२ मा रहेको  मालिकाबोता गाउँको नौमुले तीर्थस्थल । गाउँको शिरमा रहेको पर्यटकीय क्षेत्र प्रचारप्रसार तथा पूर्वाधार विकास अभावमा भने ओझेलमा छ । नौवटा धारा ‘नौमुले’ नामले समेत परिचित तीर्थस्थल कनका सुन्दरी गाउँपालिका–२ मा रहेको रोथ भन्ने स्थानमा छ । पूर्ववडाध्यक्ष शेरबहादुर रावतले पछिल्लो समयमा स्थानीयस्तरमा यसको संरक्षणमा केही काम भए पनि पर्याप्त नभएको बताउनुभयो ।

उहाँले वडाध्यक्ष हुँदा केही भवन र धारा व्यवस्थित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रकृतिको अपार सुन्दरताले भरिपूर्ण रोथ चौर र नौमुले तीर्थस्थल पुग्ने जोकोही यहाँको सुन्दरतामा रुमलिन पुग्छ । नौमुलेका नौ धारा, रोथ चौरमा बग्दै गरेको पानीले पर्यटकलाई लोभ्याउँछ नै ।’  वर्षायाममा यसको पानीको बहाव बढ्दै जाँदा यो क्षेत्रलाई नदीले घेरेको सुन्दर दृश्य देखिन्छ ।

मालिकाबोताका ७० वर्षीय आकासी रावत नौमुले यस क्षेत्रकै तीर्थस्थल भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो मन्दिरको नाम पहिले रूपाभवानी थियो । माथिपट्टि रोथ चौर थियो त्यसकारण रूपाभवानी नाम राखिएको हो । अहिले त्यो मन्दिरको नाम परिमार्जन गरेर नौमुले तीर्थस्थल राखिएको छ ।’ उहाँका अनुसर त्यो नौमुले तीर्थस्थलमा रक्सी छुटाउन, भाकल गर्न भक्तजन जाने गरेका छन् ।

स्थानीय  सुरबहादुर रावतले यहाँ मन्दिरमात्रै नभएर अरू पर्यटकीय स्थल पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका गुफामा कसैको ध्यान गएको छैन । मालिकाबोता गाउँको आसपासमा रहेको गुफा र धार्मिक तथा पर्यटकीय स्थलको विकासमा सम्बन्धित निकायले बेलैमा ध्यान दिए यो क्षेत्र साँच्चिकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बन्ने थियो ।’

पर्यटकीय क्षेत्रका रूपमा विकास भए सयौंको संख्यामा पर्यटकको आवागमन हुने अपेक्षा वडाध्यक्ष खम्मा रावतको छ । उहाँले भन्नुभयो, ‘उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा यहाँका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थल ओझेलमा परेका छन् ।’ उहाँका अनुसार नौमुलेमा मातातीर्थ औंसी, कुशे औंसी, पुसे औंसी, बालाचतुर्दशी, शिवरात्रीलगायतमा पूजापाठ हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?