एक खेलअगावै भारतलाई सिरिज

हिमालय टाइम्स
Read Time = 3 mins

नयाँदिल्ली । एक खेलअगावै भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २-१ गोलअन्तरले पराजित गरेको छ । भारतले दोस्रो ओडिआई खेलमा वेस्ट इन्डिजमाथि दुई विकेटको जित हात पार्दै सिरिजमा कब्जा जमाएको हो ।

जितका लागि ३१२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । भारतको जितमा अक्षर पटेल ३५ बलमा ३ चौका र ५ छक्कासहित ६४ रनमा अविजित रहनुभयो । पटेलले २७ बलमा ओडिआई करिअरको पहिलो अर्धशतक प्रहार गर्नुभएको थियो ।

भारतलाई जितका लागि अन्तिम तीन बलमा ६ रन चाहिएका बेला चौथो बलमा अक्षरले लङअफमा छक्का हान्दै भारतलाई जित दिलाउनुभएको थियो । उहाँबाहेक भारतका लागि युवा ब्याटर श्रेयस ऐर ७१ बलमा ४ चौका र १ छक्कासहित ६३, सञ्जु स्यामसनले ५१ बलमा ३ चौका र ३ छक्कासहित ५४ रन जोड्नुभयो ।

त्यसबाहेक सुभमन गिलले ४९ बलमा ५ चौकासहित ४३, कप्तान शिखर धवनले ३१ बलमा १३ र सूर्य कुमार यादवले ९ रन थप्नुभयो । दीपक हुडा ३६ बलमा २ चौकासहित ३३, शार्दुल ठाकुर ३ र आवेश खान १० रनमा आउट हुनुभयो । वेस्ट इन्डिजका अल्जारी जोसेफ र काइल मेयर्सले दुई/दुई विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । वेस्ट इन्डिजका ओपनर शाई होपले १ सय ३५ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय १५ रनको शतकीय इनिङ खेल्नुभए पनि जितका लागि त्यो पर्याप्त भएन ।

निकोलस पुरनले ७७ बलमा १ चौका र ६ छक्कासहित ७४ तथा ओपनर काईल मेयर्सले २३ बलमा ६ चौका र १ छक्कासहित ३९ रनको आक्रामक इनिङ खेल्नुभयो । त्यसबाहेक शम्राह बु्रक्स ३६ बलमा ५ चौकासहित ३५ र ब्रेन्डन किंग डक आउट हुनुभयो ।

रोभम्यान पावेल १३, रोमारियो सेफर्ड १५ र अकिल हुसेनले १३ रन बनाउनुभयो । भारतका शार्दुल ठाकुरले ७ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै दीपक हुडा, अक्षर पटेल र युजभेन्द्र चहलले एक/एक विकेट लिनुभयो । पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि पाँच टी-२० आई खेलको सिरिज हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?