काठमाडौं । साफ यु २० फुटबल च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ । भारतको भुवनेश्वरमा सोमबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराउँदै नेपालले उत्कृष्ट सुरुवात गरेको हो ।
भुवनेश्वरको कालिंका रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गर्नुभएको थियो । दीपेशले ४२औँ मिनेटमा रिबाउन्डमा प्राप्त बललाई झण्डै २५ यार्डबाट गोल गर्नुभएको थियो ।
सुगमले ५८औँ मिनेटमा टोलीको अग्रता दोब्बर पार्नुभयो । विपक्षी रक्षकहरूलाई छलाउँदै सुगमले पेनाल्टी बक्सबाट दोस्रो गोल गर्नुभएको थियो । क्रितिशले ६२औँ मिनेटमा पेनाल्टीमार्फत् नेपालका लागि तेस्रो गोल गर्नुभयो । कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पाएको पेनाल्टीमा उहाँले गोल गर्नुभएको थियो । मनग्यले इन्जुरी समयमा चौथो गोल गर्नुभयो ।
अब नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी पाँच टोलीको राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका