गायनसँगै मोडलिङमा फरक पहिचान बनाएका जितबहादुर

Read Time = 3 mins

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सबैलाई मुस्किल पर्छ । विशेषतः अरूभन्दा फरक भएर दर्शक तथा श्रोतामाफ चिनिन सबैलाई चाहना हुन्छ । यसैबीच सांगीतिक क्षेत्रमा फरक तरिकाले आफूलाई चिनाउँदै आउनुभएका गायक तथा मोडल हुनुहुन्छ जितबहादुर रावत ।

दर्जनौ गीतसंगीत सिर्जना गरिसक्नुभएका जितबहादुर गायनसँगै मोडलिङतिर व्यस्त हुनुहुन्छ । कुशल कलाकार बन्ने सपना बुनेर सल्यान जिल्लाको त्रिवेनी गाउँबाट काठमाडौं आइपुग्नुभएका जितबहादुरलाई सुन्न र हेर्न चाहने दर्शक धेरै छन् ।

बुबा जगवीर रावत र आमा कुन्ती रावतको एकल छोरा जितबहादुर सानैदेखि गायकमा रुचि भएकै कारण आज गायन पेशामै आफूलाई उभ्भाएको उहाँ बताउनुहुन्छ । जितबहादुरले अझै सांगीतिक क्षेत्रमा आफूले धेरै गर्न बाँकी रहेको र भोलिको दिनमा अझै नयाँ कुरा सिक्दै दर्शक तथा श्रोतामा फरकपन प्रस्तुत गर्ने बताउनुभयो ।

जितबहादुरले दर्जनबढी गीतमा अभिनय गर्नुभएको छ । सल्यानी शुसेली, नशालु आखैमा, हासिदेउ फुलसरी, गरिबी जीवन, सोल्टिनी, मैयालाई बोलाउँदै, मेरी माया गाउँमा, मसान घाटैमा, झिसमिसेमा, दशैँ-तिहार भाग-१, पहिलो प्रेमिका, बिन्तिमेरो, तीज कोसेली, खाडी मुलुक, तिहार भैली (बहिनी कन्याको कथा), आँसु कुना भरी (दशैँ-तिहार गीत), भैलो (बालक राजा), आधुनिक गीत तिम्रो सम्झनामा, छुवाछूत, दैलो, हिजोआज, पर्खाइमा बिते लगायत गीतहरूमा आवाजसँगै अभिनय गर्नुभएको छ । साथै केही सर्ट फिल्म र सिरियलमा समेत उहाँको अभिनय देख्न सकिन्छ ।
उहाँले विष्णु माझी, राजु परियार, पूर्णकला बिसी, टीका पुन, राधिका हमाल, देवी घर्ती, शान्ती श्री परियारलगायत नाम कमाएका कलाकारसँग समेत सहकार्य गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?