काठमाडौंकै कथामा बन्नेछ ‘छक्का पञ्जा ४’

Read Time = 3 mins

काठमाडौं । चलचित्र छक्का पञ्जा-४ को घोषणसँगै शुभमूर्हूत गरिएको छ । दीपकराज गिरी र दीपाश्री निरौला टिमले चलचित्र बनाउने तर कुन टाइटलमा भन्ने अन्योल भइरहँदा अन्ततः छक्का पञ्जाकै ब्राण्डलाई निरन्तरता दिने भएको हो ।

सोमबार भक्तपुरको सूर्यविनायकमा रहेको गणेश मन्दिरमा पूजा गर्दै शुभमुर्हूत गरिएको हो । साथै चलचित्र आजैबाट छायांकनमा जाने बताइएको छ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहनुभएको छ ।
यसपटक छक्का पञ्जा-४ का लागि निर्देशकमा हेमराज बिसीलाई राखिएको छ । घामड शेरे, होस्टेललगायत चलचित्र निर्देशन गर्नुभएका हेमराजले छक्का पञ्जा-४ निर्देशनको जिम्मा पाउनुभएको छ । निर्देशक बिसीले छक्का पञ्जा टिमको चलचित्र निर्देशन गर्न पाउँदा कत्तिको प्रेसर फिल गर्नुभएको छ भन्ने प्रश्नमा कुनै पनि चलचित्र गर्दा प्रेसरभन्दा राम्रो कसरी बनाउने भन्नेमै सोंच हुने र छक्का पञ्जाको टिम भन्ने बित्तिकै छुट्टै फिल नहुने बताउनुभयो ।

चलचित्रको शुभमुर्हूतसँगै अभिनय गर्ने कलाकार चिनाइयो । चलचित्रमा मुख्य भूमिकामा दीपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्नेबुढा) सँगै दीपाश्री निरौला रहनुहुनेछ । यसपटक दीपाश्री पनि मुख्य भूमिकामा रहने बताइएको छ । साथै यसपटकको सिरिजका लागि नयाँ कलाकारहरूमा नायिका बेनिशा हमाल, मनिला जोशी, राज आचार्यलगायतले अभिनय गर्नुहुनेछ ।

यसपटकको चलचित्रमा भने जितु नेपाल (मुन्द्रे)को अभिनय देख्न पाइनेछैन । चलचित्र घोषणाअघि पनि मुन्द्रे र छक्का पञ्जा टिमबीच मनमुटाव रहेको भन्ने विभिन्न गसिप आइरहँदा आफूहरूबीच राम्रो सम्बन्ध भएको तर यसपटकको चलचित्रमा जितु नरहेको दीपकराज गिरीले जानकारी गराउनुभयो । उहाँले सधैं एउटै टिम हुनुपर्छ भन्ने नभएको र अन्य चलचित्रमा आगामी दिनमा सहकार्य हुने बताउनुभयो । शुभकामना दिन पुगेका जितु नेपाल भनुहुन्छ, ‘हामीबीच त्यस्तो नराम्रो सम्बन्ध भन्ने केही छैन । फेरि अन्य चलचित्रमा सहकार्य भइहाल्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?