उमेश मानन्धर उत्कृष्ट मेकानिक

Read Time = 2 mins

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालि र टाटा मोटर्सको आयोजनामा नेपालभरि छरिएर रहेका १२ सयभन्दा बढी मेकानिकको सीप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौंका डेम लामाले तृतीय स्थान हासिल गर्नुभएको छ । लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको प्रतियोगिताको पहिलो चरणमा दुई सय र दोस्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता थियो ।

टाटा मोटर्सका सवारीसाधनलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसम्भार सहजरूपमा प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय मेकानिक्ससँगको सहकार्यमा विभिन्न कार्य अघि बढाएको टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले टाटा गुरुहरूलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै आएको छ । बजारमा टाटा गुरुहरूको क्षमता परीक्षण गरी आवश्यक सुधारका लागि टाटा गुरुहरूको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीको भनाइ छ ।

विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरू पुरस्कृत भएका छन् । चितवनमा आयोजित कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सबै टाटा गुरुहरूको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?