नारायणगढदेखि गोलाघाटसम्म एनटर्क राइड

Read Time = 1 min

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नारायणगढदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप राइड) सम्पन्न गरेको छ ।

राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो । सहभागी राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडलसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

करिब ६० जना राइडरको सहभागिता रहेको राइड सम्पूर्ण सुरक्षा सावधानीसाथ अनुमति लिएर सञ्चालन गरिएको बताइएको छ । राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाबारेमा जानकारी प्रदान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?