मूल्यवृद्धि १४ प्रतिशत पुग्ने

Read Time = 2 mins

काठमाडौं । नेपाली उपभोक्ताले यस वर्ष थप चर्को महँगीको सामना गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नेपालमा मूल्य वृद्धिदर १४ प्रतिशसम्म पुग्ने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ अनुसार आगामी तीन महिनापछि मूल्यवृद्धि १४ प्रतिशत पुग्नेछ ।

गैरखाद्य र सेवा तथा घरजग्गाबाहेकका सम्पूर्ण उपभोग्य समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने बताइएको छ । एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति चैत २०७८ को तुलनामा थोरै घटेको छ । तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले हालको मुद्रास्फीति १४ प्रतिशत रहेको महसुस गरेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासको अपेक्षित मूल्यवृद्धि सर्वेक्षण गरेको थियो । सर्वेक्षण २०७९ असार २० देखि असार २७ सम्म २८ शहरका ३१ बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत् गरिएको हो ।

उल्लेखित सर्वेक्षण एक हजार एक सय ४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ । सर्वेमा सहभागी ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने जनाएका छन् भने ९४.४ प्रतिशतले आगामी एक वर्षमा मूल्यवृद्धि हुने जनाएका छन् ।

आगामी तीन महिनामा मूल्यवृद्धि हुने बताउने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने बताउने उत्तरदाताको अंश केही घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?