नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँउपालिकाको पेट्रोल कुपन

हिमालय टाइम्स
Read Time = 2 mins

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ ।

गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर पेट्रोल दिने भनि उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीले प्रयोग गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले गाउँपालिका कार्यालयबाट जारी गरिएको कुपन वडा नम्बर ५ का वडाध्यक्षलाई दिइएको बताउनुभयो । व्यवहारिक हिसाबले गाउँपालिकाले तेजनारायण पाललाई निजी गाडीमा प्रयोग गर्नका लागि सो कुपन उपलब्ध गराएको उहाँले बताउनुभयो ।

कुपन अनुसारको पेट्रोल ८ गते साँझ एक नम्बर प्लेट नभएको प्लसर मोटरसाइकलले हालेको छ । मोटरसाइकल कस्को हो भन्ने स्पष्ट नभएपनि कुपन कै आधारमा पेट्रोल पम्पले पेट्रोल दिएको छ । ‘हामीले कुपनकै आधारमा तेल दिने गरेका छौ जसले कुपन ल्याउछ उसलाई तेल दिन्छौ नम्बर लेखे पनि नम्बर हेर्ने गरेका छैनौ,’ पम्पका प्रतिनिधिले भने ।

तेल हाल्ने मोटरसाइकल चालक भने तेज नारयण पाल होइनन्, प्रशासकीय अधिकृत तिम्लिसिनाले भने तेल वडाध्यक्षले नै हालेको दाबी गर्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?