चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

Read Time = 1 min

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

उहाँ आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त हुनुभएको हो । केसी नेपालका चर्चित कलाकार हुनुहुन्छ ।

पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय केसीले १०० भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ ।

उहाँसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल र शुशिल पोख्रेल अध्यक्षको दौडमा हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?