घट्यो सुनचाँदीको मूल्य

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा म‌गलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

यसैगरी, म‌ंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?