विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिन्धुपाल्चोक, बर्दिया, रुपन्देही र सिरहामा डुबेर पाँच जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-५ नयाँ बस्ती नजिक ईन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौतारा साँगाचोक गढी नगरपालिका-७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमा देबी धिताल र उनकी बहिनीको छोरा ५ वर्षीय विशेष धिताल रहेका छन् । उनीहरुको सोमबार मृत्यु भएको हो ।

मेलम्ची नगरपालिका-१२ बहुन्नेपाटी र ईन्द्रावती गाउँपालिका-५ जोड्ने झोलुङ्गे पुल तर्ने क्रममा पुलबाट चिप्लेर खोलाले बगाई उनीहरु बेपत्ता भएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

यस्तै, बर्दियाको मधुवन नगरपालिका-५ संगमटोल बस्ने ७३ वर्षीय सालिकराम देवकोटाको आफ्नै घर नजिकको इनारमा डुबेर सोमबार मृत्यु भएको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-१५ गोलार बस्ने ८७ वर्षीया मनरूपी थापा मगरको फुल टिप्ने क्रममा सोही ठाउँ चम्कीपुरस्थित कुलोमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका-३ मुसहरनिया बस्ने ४५ वर्षीया बिना कुमारी लामाको घर नजिकैको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?