२१ साउनमा प्रचण्ड जापान जाने

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमणमा जाने हुनु भएको छ । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जापान जान लाग्नुभएको हो ।

आगामी २१ साउनमा जापान जाने र २५ साउनमा स्वदेश फर्कने कार्यक्रम तय भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?