गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने मिन विश्वकर्माको आशंका

Read Time = 1 min

काठमाडौं । नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

मंगलवार सरकारले प्रतिनिधि सभाको बैठकमा प्रश्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताउनुभएको हो ।

उहाँले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनु भयो । सांसद विश्वकर्माले राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताउनु भयो ।

उहाँले सामाजिक बनावटलाई पहिचानका लागि प्रश्तुत गर्ने सवालमा दलित समुदायका केही जातीहरु वा थरहरुमा आफ्नो विमति रहेको बताउनु भयो ।

सांसद विश्वकर्माले अहिलेको तथ्यांक विधेयकले देशको तथ्यांकका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?