धादिङमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, ३५ घर उच्च जोखिममा

Read Time = 2 mins

-बाबुुराम श्रेष्ठ
धादिङ । गएराति परेको अविरल बर्षासँगै आएको बाढीपहिरोका कारण धादिङमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ४ रानागाउँ स्थित बेसीघरमा पहिरोले घर पुर्दा २४ वर्षीया शर्मीला थापामगर हुन् ।
धादिङबेसी स्थ्ति अरुण खोलामा बाढी आउँदा ७ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ । स्थानीय सुरेश राना र दिपेन्द्र रानाको घर पूर्ण रुपमा भत्केको छ भने राजकुमार राना, साहिँला राना र नारायण श्रेष्ठको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।

पहिरोका कारण रानागाउँका ७ वटा र खर्क गाउँका १५ वटा गरी कुल ३५ घर उच्च जोखिममा रहेको छन् भने सिम्ले गैरे स्थित भगवती रम्तेलको ७ वटा बुंगुर बगाएको धादिङ प्रहरीले जनाएको छ । बाढीले खोला मिचेर बनाएको अधिकांश भौतिक संरचनाहरुमा बगाएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ३ त्रिबेणीचोक नजिकै रहेको टंकेश्वर इन्टरप्राईजेज समेत बगाएको छ ।

बाढीले चिल्ड्रेनपार्क बोर्डिङ स्कुल र यस आसपासदेखि ओम शान्तिको भवन सम्म अरुण खोलाले क्षति पुर्याएको छ । धादिङ बेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेकाले धादिङको ज्वालामुखी, गङ्गाजमुना, त्रिपुरासुन्दरी र गोरखाको केही भागमा समेत विद्युत् सेवा अवरुद्ध भएको भण्डारीले बताउनु भयो । मर्मत गरी सेवा सञ्चालनमा आउन ३÷४ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण धादिङले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?