फरेन्सिक विज्ञसँग संसदीय विशेष समितिले थाल्यो छलफल

Read Time = 2 mins

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले अहिले फरेन्सिक विज्ञसँग छलफल गरिरहेको छ।

अर्थ मन्त्रालयको जेठ १४ गतेको सिसिटिभी फुटेज प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट रिकभर भएको थियो। उक्त फुटेज प्रष्ट नभएपछि समितिले फरेन्सिक विज्ञसँग सोधपुछ गरेको हो।

समितिको आज विहान सिंहदरबारमा बसेको बैठकमा भिडियोको सम्बन्धमा प्राविधिक रुपमा केही जटिलता देखिएपछि स्थगित भएको थियो ।

मंगलबार अपरान्ह समितिले दुई जना फरेन्सिक विज्ञसँग सोधपुछ गरेको स्रोतले बतायो ।

मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनपछि आफैं मेटिने भन्दै अर्थ मन्त्रालयले जवाफ दिएपछि समितिले फरेन्सिक ल्याबमा सिसिटिभीको हार्डडिस्क नै पठाएर रिकभर गर्न लगाएको थियो ।

पूर्वअर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा अनधिकृत दुई जना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो ।

त्यसपछि उहाँले राजीनामा दिनुभएको थियो भने प्रतिनिधि सभाले उहाँमाथि छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गरेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?