ढिलासुस्तीको गुनासो गर्दै संघीय मातहतका कार्यालयमा बुटवलका जनप्रतिनिधिको डेलिगेसन

Read Time = 7 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । बुटवलस्थित संघीय सरकारमातहतका कार्यालयको ढिलासुस्तीका कारण बुटवलबासीले समस्या बेहोर्नुपरेको भन्दै बुटवल उपमहानगर पालिकाका जनप्रतिनिधि डेलिगेसन गएका छन् ।

बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालसहितको टोलीबुटवलमा रहेका बुटवल बेलहिया सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय, नेपालविद्युतप्राधिकरण बुटवल वितरण केन्द्र रखानेपानी संस्थान बुटवल वितरण केन्द्रमामंगलबार डेलिगेसन गएको हो ।

बुटवल उपमहानगरपालिकाले गतजेठ १० मा कार्यालय प्रमुखहरुसँगको बैठकमा बुटवलको सडक विस्तार कार्यक्रममा देखिएका समस्या समाधान गर्ने सहमति भए पनि प्रभावकारी काम नभएको भन्दै नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधिको टोली कार्यालयहरुमा डेलिगेसन गएको थियो ।
बुटवल बेलहिया सडक विस्तार आयोजनाको कार्यालयमा पुगेर नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न र ठेक्काको म्याद थप नगर्न आग्रह गर्नु भयो ।

‘काममा आलटाल गर्ने र गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीको म्याद थपन गर्न सचेत गराउँछौं, उहाँले भन्नुभयो, बुटवलको बाटो बनाउनका लागि उपमहानगरपालिकाको के सहयोग चाहिन्छ ? त्यो दिन हाम तयार छौं भनिरहेकै छौं, जे जसरी हुन्छ, बुटवलको सडक निर्माणको काम छिटै सम्पन्न गर्नुपर्छ ।’

उहाँले वर्षाअघि नै बुटवलका खाल्डा पुरेर जोखिम कम गर्नका लागि चासो दिन आयोजनालाई आग्रह गर्नुभयो ।

आयोजनाकी निमित्त कार्यालय प्रमुख सविता ज्ञवालीले निर्माण कम्पनीको दैनिक कार्य प्रगतिको अपडेट लिइरहेको र आवश्यकता अनुसार कारबाही अघि बढाउने बताउनु भयो ।

यस्तै, डिभिजन सडक कार्यालय बुटवलमा डेलिगेशनकालागिपुगेको नगर प्रमुखसहितको टोलीले तल्लो सिद्धबाबादेखि खानेपानी कार्यालयसम्मको सडक निर्माणको काम रोकिएकोमा कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको थियो ।

नगरप्रमुख पाण्डेयले सिद्धबाबादेखि खानेपानी कार्यालयसम्मको सडक निर्माण र डिभिजन कार्यालय मातहतका अरु सडकको मर्मतमा चासो दिन कार्यालय प्रमुख जयलाल मरासिनीलाई आग्रह गर्नुभयो ।

कार्यालय प्रमुख मरासिनीले सडक निर्माणको काम केहीदिनमा शुरु नगरे कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सोही टोलीले मंगलबार नै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका कार्यालय प्रमुखलाई भेटेर बुटवलमा अनियमित विद्युत कटौती, लो भोल्टेज, अव्यवस्थित तारलगायत बुटवलबासीका समस्याबारे ध्यानाकर्षण गराएको थियो ।

नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा भइरहेको अनियमित विद्युत कटौती, लो भोल्टेजका कारण बुटवलबासीले भोग्नु परेको समस्या र अव्यवस्थित तार व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

उहाँ ले बुटवलको मुुख्य र सहायक सडक विस्तारका क्रममा विद्युत प्राधिकरणले सहयोग नगरेको गुनासो आएको भन्दै सरकारी कार्यालयहरुबीच समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलमा रहेको कार्यालयले बुुटवलका समस्या समाधानमा तत्परता देखाउनुपर्ने बताउनु भयो ।
विद्युत प्राधिकरण कार्यालय बुटवल वितरण केन्द्रका निमित्त प्रमुख किरण खनालले नगर भित्रका समस्या समाधानमा कार्यालयले चासो राखेको र समस्या समाधानमा तदारुकता देखाउने बताउनु भयो ।

उहाँले सरकारी कार्यालयबीच समन्वय अभाव भएकाले आगामी दिनमा समन्वय र सहकार्य गर्ने बताउनु भयो ।
यसैगरी, बुटवल उपमहानगरको टोलीले खानेपानी संस्थान बुटवल कार्यालयमा पुगेर बुटवलको खानेपानी समस्या र सडक विस्तारमा भइरहेको लापरबाही बारे कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको छ ।
नगरप्रमुख खेलराज पाण्डेयले बुटवलबासीलाई शुद्ध पानी वितरणका लागि गम्भीर ढंगले लाग्न र आवश्यक खानेपानी आपूर्ति गर्न आग्रह गर्नु भयो ।
उहाँले बुटवलमा देखिएको खानेपानी समस्या समाधानमा बुटवल उपमहानगरले खानेपानी संस्थानलाई साथदिने बताउँदै समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष र सदस्यहरुले खानेपानी वितरणमा देखिएको समस्या, शुद्धता र खानेपानी धारा विस्तार लगायतका समस्याबारे कार्यालय प्रमुख मोहनदत्त भट्टको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यालय प्रमुख भट्टले बुटवलबासीलाई शुद्ध खानेपानी वितरणका लागि पर्याप्त श्रोत साधन नरहेको बताउनु भयो ।
उहाँले बुटवल उपमहानगर र बुटवलस्थित सरकारी कार्यालयहरुसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?