वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ : शङ्कर पोखरेल

फाइल तस्वीर

Read Time = 1 min

चितवन । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गर्नुभएको छ ।

एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी सङ्घ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गर्नुभयो । उहाँले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा गोलबन्द हुन आह्वान गर्नुभयो ।

पार्टीले देशव्यापीरुपमा सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेको उल्लेख गर्दै गाँउगाँउमा अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?