नागरिकता विधयेकविरुद्ध राप्रपा नेपाल सम्बद्ध विद्यार्थीद्वारा राँके जुलुस

Read Time = 3 mins

काठमाडौं । संसदबाट पास गरिएको नागरिकता बिधयेकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ । अहिले साँझ  कीर्तिपुर क्षेत्रमा राँके जुलुस प्रदर्शन गरिएको हो ।

मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथी गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले बिरोध जनाएका हुन् ।  नागरिकता विधयेकको बुदाँहरु बिबादास्पद ,अनुचित र राष्ट्रहित बिपरित भएको बिरोधमा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले राँके जुलुश प्रदर्शन गरेका हुन् । नागरिकता जस्तो संबेदनशील बिषयमा मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्वसङ्ग गासिएको बिषय भएको भन्दै विद्यार्थी संगठनले संसदबाट पास गरिएको नागरिकता बिधयेकको बिरोध गरेको संगठनका अध्यक्ष चेतराज सिंहले बताउनु भयो । बिबाह गर्ना साथ कुनैपनि बिदेशिले तत्काल नागरिकता पाउने नीति संसारमा कहि नभएको भन्दै विद्यार्थी नेताहरुले आक्रोश ब्यक्त गरे । सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा बिमति नभएको तर बिदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाढ्ने बिषय अस्वीकार्य भएको नेताहरुले बताएका छन् । सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरुलाई जनताले दण्ड दिनुपर्ने उनीहरुको धारणा छ ।

बिबाह गरेर आएकाहरुलाई समय सिमा नतोकी धमाधम नागरिकता बाढ्न नहुने प्रदर्शनकारीहरुको माग रहेको संगठनका सदस्य सचिव त्रीबिक्रम सिंहले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?