शवगृहको फ्रिज बिग्रिएको हल्लापछि अस्पतालको प्रष्टीकरण

हिमालय टाइम्स
Read Time = 4 mins

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङ अस्पतालको शवगृहमा जडान गरिएको फ्रिज नबिग्रिएको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. मधुकर दाहालले बताउनुभएको छ । अस्पतालमा जडान गरिएको फ्रिज अहिलेसम्म सञ्चालन नआएकाले अन्दाजको भरमा बिग्रिएको भन्नु मूर्खताको विषय भएको डा. दाहालले बताउनुभयो । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले विगत दुई वर्ष अगाडि धादिङ अस्पतालमा फ्रिज जडान गरिएको थियो । त्यो अहिलेसम्म सञ्चालनमा आएको छैन । सञ्चालनमा नआएको चिजलाई सञ्चालनमा ल्याउनु कुनै गलत भने पक्कै होइन, डा. दाहाल भन्नुहुन्छ ।

विगत दुई वर्षदेखि फ्रिज (कुलर) सञ्चालनमा किन आएन ? यस विषयमा कोही कसैले खोजतलास किन गरेन ? सञ्चालनमा नआएको फ्रिज अहिले प्रयोगमा ल्याउने तयारी थालेको छु । प्राविधिक टोलीलाई फ्रिजको अवस्था के छ, बुज्न बोलाएको छु । यसमा कसैको विमति छ ? सञ्चालनमा नआएको फ्रिज कसरी बिग्रियो कुरा सुन्दा अचम्म लाग्छ, डा. दाहालले भन्नुभयो ।

धादिङ अस्पतालमा जडान गरिएको फ्रिजमा चारवटा शव राख्न मिल्छ । अस्पतालको शव गृहमा राखिएको शव सुरक्षित र बन्द कोठामा राखिने हुनाले कुनै गन्ध नआउने दाहालको भनाइ छ । विभिन्न कारणले गर्दा अस्पतालमा शव लामो समयसम्म राख्नुपर्छ, त्यो बेला समयमा समस्या आउनु कुनै ठूलो समस्या भने पक्कै होइन । आजसम्म कुनै अस्पतालमा दुर्गन्धित भयो शव गनायो भनेर कसैले उजुरी दिएको छैन । आमनागरिकले कुनै गुनासो नै गरेका छैनन् भने कसरी थाहा पाउने हामीले शव कुहिएर गनायो भनेर । छिटो समयमा मैले गरेका उपलब्धिहरू देखेर होलान् कसैलाई नपचेको होला, त्यसमा मलाई कुनै आपत्ति छैन । राम्रो काम गर्नेलाई नागरिकले स्वागत गर्छ, सबैको हाइहाई भएको देखेर नपच्ने धेरै छन् दाहालको भनाइ छ ।

डा. दाहालले २०७८ चैत्र महिनादेखि धादिङ अस्पतालको मेसुको जिम्मेवारी सम्माल्नुभएको थियो । उहाँले धादिङ अस्पतालको मेसुको जिम्मेवारी वहन गरेसँगै धादिङका अस्पतालको मुहार परिवर्तन भएको छ । विगतका वर्षहरूमा गर्न नसकेका कामहरू दाहालले छिटो समयमै पूरा गर्न सफल भएको छ । पहिले धादिङ अस्पतालमा पाँचजना मेडिकल अफिसर थिए, तर अहिले धादिङ अस्पतालमा १३ जना मेडिकल अफिसर र सातजना विशेषज्ञ रहेका छन् । यो ठूलो उपलब्धिको कुरा हो, दाहाल भन्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?