प्रदेश नम्वर १ मा करिव ७८ प्रतिशत रोपाई

हिमालय टाइम्स
Read Time = 3 mins

-निरोज कोइराला

भोजपुर । प्रदेश नम्वर १ मा अहिलेसम्म करिव अठहत्तर प्रतिशत रोपाई सकिएको छ । कृषि बिकास निर्देशनालय प्रदेश नम्वर १ बिराटनगरका अनुसार हालसम्म सवैभन्दा बढी ओखलढुंगामा ९४ दशमलब १ प्रतिशत रोपाई भई सकेको छ ।

गत बर्ष यो समयसम्म करिव ९१ प्रतिशत रोपाई भएको थियो भने यस आर्थिक बर्षमा भने ७७ दशमलव ९ प्रतिशत मात्र रोपाई भएको छ । मध्यपहाडी जिल्लाहरू मध्ये हालसम्म भोजपुरमा ७९ प्रतिशत, धनकुटामा ५०, तेह्रथुममा ८१, उदयपुरमा ८२, खोटाङमा ८४, पाँचथरमा ५५ र इलाममा ६६ प्रतिशत रोपाई सकिएको कृषि बिकास निर्देशनालय प्रदेश नम्वर १ बिराटनगरले जनाएको छ । तराईका जिल्लामध्ये झापामा ८५, मोरङ ८० र सुनसरीमा ७५ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ ।

उच्च पहाडी जिल्लाहरू मध्ये सवै भन्दा बढी सोलुखुम्बुमा ९० दशमलव ४ प्रतिशत, ताप्लेजुङमा ७०, र संखुवासभामा ६० प्रतिशत रोपाई भएको छ । प्रदेश नम्वर १ मा कुल खेतीयोग्य क्षेत्रफल ८ लाख २६ हजार ६ सय ४६ हेक्टर मध्ये हालसम्म ७७ दशमलब ९ प्रतिशत मात्र रोपाई भएको कृषि बिकास निर्देशनालय प्रदेश नम्वर १ बिराटनगरको सोमवारको बिवरणमा उल्लेख गरिएको छ ।

कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका अनुसार २४ हजार १ सय १३ हेक्टरमा धान रोपाई हुने उच्चपहाडमा हालसम्म १५ हजार ८ सय ५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । जुन ६५ दशमलव ५ प्रतिशत क्षेत्रफल हो । यस्तै मध्यपहाडमा अहिलेसम्म ७४ प्रतिशत रोपाइँ भएको छ । यहाँ ९० हजार नौ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपिँदै आएकोमा हालसम्म ६७ हजार २ सय ९९ दशमलव ४४ प्रतिशत हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ ।

तराईका जिल्लामा  २ लाख २५ हजार ८ सय हेक्टर कुल क्षेत्रफल मध्ये हालसम्म १ लाख ८२ हजार २ सय ६५ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ यो ८० दशमलल ७ प्रतिशत हो । धान रोपाईका लागि प्रर्याप्त पानीको ब्यवस्था हुन नसक्दा धान रोपाईमा ढिलाई हुन गएको कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?