गोल्स एकेडेमीका खेलाडी डेनमार्क प्रशिक्षणमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वानेश्वरस्थित गोल्स फुटबल एकेडेमीका १० जुनियर खेलाडी प्रशिक्षणका लागि डेनमार्क प्रस्थान गरेका छन् । गोल्स फुटबल एकेडेमीले हरेक वर्ष १४ मुनिका बालबालिकालाई फुटबल प्रशिक्षणका लागि विभिन्न देशमा पठाउँदै आएकोमा यसपटक १० खेलाडीसहित १५ सदस्यीय टोली डेनमार्क प्रस्थान गरेको हो ।

प्रशिक्षकमा अमिर र रमेश थापा रहनुभएको छ । १० जुनियर खेलाडीले डेनमार्कमा प्रशिक्षणसँगै युरोपमा हुने अन्तरदेशबीचका विभिन्न खेलमा सहभागिता जनाउनेछन् ।

एकेडेमीले विगत ६ वर्षदेखि निरन्तर १४ वर्षमुनिका बालबालिकालाई युरोपमा हुने फुटबलमा सहभागी गराउँदै आएको छ । एकेडेमीले हरेक शनिबार भृकुटीमण्डप, बुद्धनगर र इमाडोलमा जुनियर र सिनियरलाई प्रशिक्षण दिँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?