टेलिकमको एसइइ नतिजा सेवा

Read Time = 1 min

काठमाडौं । एसइइको नतिजा नेपाल टेलिकमको एसएमएस तथा वेबसाइटमा हेर्न पाइने भएको छ । परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित हुने २०७८ सालको एसइइको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न व्यवस्था गरेको हो । परीक्षाको परीक्षाफल कल गरेर (आइभिआर), एसएमएस तथा वेबसाइटमार्फत् प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कल गरेर टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सिडिएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनको पालना गरी नतिजा थाहा पाउन सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?