वाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा मिस नेपाल

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वल्र्ड २०२२ की प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गर्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ सेवाबारेमा खास गरी युवावर्गका ग्राहकमा थप जानकारी दिई व्यवसाय प्रवद्र्धन गर्न ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२२ की प्रियंका रानी जोशीलाई नियुक्त गरिएको बताउनुभएको छ ।

मिस नेपाल वल्र्ड २०२२ की जोशीले इतिहास बोकेको सरकारी स्वात्विको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताउनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?