काठमाडौं । खल्तीले प्रयोगकर्ताका लागि जेठ १२ देखि असार मसान्तसम्म आयोजना गरेको ५२ दिने ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा पाँच लाखभन्दा बढी प्रयोगकर्ताले एक करोडभन्दा बढी संख्यामा कारोबार गरेका छन् ।
डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय-समयमा प्रयोगकर्ताका लागि विभिन्न आकर्षक अफर प्रदान गर्दै आएको द बिगेस्ट पेमेन्ट जात्रा आयोजना गरेको हो ।
कम्पनीका अनुसार अफरअन्तर्गत खल्ती प्रयोगकर्ताले सहभागिता जनाई क्यासब्याक तथा थुप्रै उपहारको फाइदा लिएका थिए । हरेक दिन १ बजेदेखि सुरु हुने फायरसेलअन्तर्गत दुई लाखभन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका र ५० प्रतिशतसम्म क्यासब्याक प्रदान गरिएको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत तीन भाग्यशाली विजेताले लक्की ड्रमार्फत् बजाज पल्सर एनएस १६० प्राप्त गर्नुका साथै अफरमा सहभागी ७६ भाग्यशालीले पुरस्कारस्वरूप विभिन्न पुरस्कार प्राप्त गरेको पनि कम्पनीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका