डिसहोमको आइपी टिभी सेवा

Read Time = 1 min

काठमाडौं । डिस मिडिया नेटवर्कले आइपी टिभी सेवा शुभारम्भ गरेको छ । डिसहोम आइपी टिभीको नाममा सेवाको सुरुवात गरेको हो । नेपालको एकमात्र डिटिएच सेवा प्रदायक डिस मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा बेग्लै पहिचान बनाउन सफल रहेको छ ।

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गर्दै आएको डिस मिडिया नेटवर्कले व्यवसाय विस्तारसँगै अन्य सेवा प्रदायकभन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न केवल टिभी, इन्टरनेट, टेरिस्टट्रियल (टि २) टिभी र आइपी टिभीमा समेत विस्तार गरेको छ ।

इन्टरनेट सेवा डिसहोम फाइबरनेट सबैभन्दा बढी सन्तुष्ट ग्राहक र ठूलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी र ताररहित टिभीमार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?