यामाहा फाइनान्स अफर

Read Time = 2 mins

काठमाडौं । यामाहा नेपालले सहुलियत दरको नयाँ इएमआइ अफर ‘यामाहा फाइनान्स’ ल्याएको छ । नेपालस्थित आधिकारिक बिक्रेताले देशमा व्याप्त आर्थिक मन्दीको असरलाई ध्यानमा राखी सेवाग्राहीलाई सहुलियतपूर्ण इएमआइमा यामाहाको कुनै पनि बाइक/स्कुटर उपलब्ध गराउने उद्देश्यसाथ फाइनान्सिङ योजना ल्याइएको जनाएको छ ।

योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक/स्कुटर लिन चाहने सेवाग्राहीले अब ४० प्रतिशत अग्रिम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनान्सिङ सुविधाको लाभ लिन सक्नेछन् । अर्थात् तीन लाख २३ हजार नौ सय रुपैयाँ पर्ने एफ्जेड १६ एफआइको खरिदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः ११ हजार तीन सय १६, आठ हजार सात सय ८९ र सात हजार तीन सय ४७ को इएमआइ भुक्तान गर्नुपर्नेछ ।

अन्य मोडलहरूमा पनि मूल्यअनुसारको किस्ता लागू हुने कम्पनीले जनाएको छ । तरm एम्टी १५ बि एन्ड बि, आर १५ भि ३ र आर १५ एम मोडलको बाइकमा भने ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?