काठामाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना एनसिएनसी नेपाली साहित्य समाजको आयोजनामा क्यारी शहरको नर्थ क्यारी पार्क सेल्टरमा बिहान १० बजे ब्रेकफाष्टगराएदेखि सुरु भएको चार घण्टासम्म चलेको २०९ भानु जयन्ती, गजलकार डा.ऋषि बस्ताकोटीबाट लिखित मुक्तक संग्रह ‘विसंगत बस्ती’को लोकार्पण तथा लोक कवि सुरेशकुमार भट्टका सोली डोली-लोकवेद, साइनु-लोक काव्य, काँचुली–उक्तक संग्रह, मलाई मन पर्छ, बालकविता संग्रह र तृतीय समर कोरोना कहर-हाइकु/कविता संग्रहको लोकार्पण तथा समीक्षा गरिएको थियो ।
मुक्तककार डा.बस्ताकोटीको ‘विसंगत बस्ती’को गहन अध्ययन गरी मुलुकको विसंगतिमा मुक्तककारबाट गरिएको व्यंग्य चिन्ता र सामाजिक तथा मानवीय एवं प्राकृतिक वातावरणका साथै समाधानमा राज्यको दायित्व सम्बन्धमा समीक्षक नम्रता गुरागाईले सारभूत समीक्षा गर्नुभएको थियो । त्यसैगरी वातावरणविद् द्वयले विसंगतिपूर्ण नेपालको मानवीय वातावरण बारे डा.अच्युत शर्मा र विज्ञ ईश्वरचन्द्र देवकोटाले परिष्कृत रूपमा सिर्जना गर्ने क्षमतावान बस्ताकोटीका पुस्तक सानो, होस् कविता वा मुक्तक छोटा हुन तर सानोमा सारभूत भाव र विषयवस्तु समेटिने भएकाले उनका मुक्तकमा सूक्ष्ममा सागर भेटिन्छ विसंगतिलाई मात्र नऔंल्याई समाधानतिर पनि इंगित गरेको भेटिन्छ भन्नुभयो ।
अर्का समीक्षक कल्पना बस्ताकोटीले राजनीति गर्नेले राजनीति, वातावरणीयविद्ले वातावरणको, गृहिणीले गृह÷राज्य व्यवस्थापन उहाँका लेखन सशक्त र प्रभावकारी छन् त्यसैले नेता र सरकारमात्र होइन घरकी सञ्चालिकालाई समेत शिक्षाप्रद र प्रेरणादायी छन् ऋषिका लेखहरू भन्नुभयो ।
त्यसैगरी लोककवि भट्टका पाँचै कृतिको संक्षिप्त समीक्षा गर्दै समीक्षक ईश्वरचन्द्र देवकोटाले लोकमा प्रचलित हराउँदै गएका लोकगाथा लोकमान्यतालाई एकातिर संरक्षण भएको छ भने नयाँ नयाँ शैलीको उपविधाको प्रवर्तन, रोग, महामारी र त्यसको पीडा अनि बालबालिका लागि अत्यन्त उपयोगी कवितात्मक सन्देश र सुझाव दिई गाउन मिल्ने बालकविता मुलुकमा मात्र होइन हाम्रा यहाँका बालबालिकाबीच पनि नेपाली भाषाको उन्नयन र संरक्षण तथा प्रयोगमा उपयोगी सिद्ध हुने भट्टका हरेक पुस्तक पाठकले रुचाऊने र व्यावहारिक ज्ञान लिने खालका छन् भन्नुभयो ।
लोककवि भट्टका पाँचवटै कृतिको अध्ययन गरी समष्टिगत रूपमा पाँचैवटाको एक-एक गरी समीक्षा गर्दै साहित्यकार, सञ्चारकर्मी एवं समीक्षक प्रभा पोखरेलले ‘सोली डोली लोक वेद’ लाई जसरी चार वेदमा विभिन्न ऋचा सूत्र आदि छन् त्यसैगरी लेखकले यो लोक वेदलाई पनि लोकमा प्रचलित उखान, टुक्का, लोकगाथा, उक्ति, सूक्ति, कहावत भनाइलाई अनुप्रासयुक्त हाइकु शैलीमा प्रस्तुत गरेर नयाँ सिर्जना काव्यको रूपमा दिनुभएकाले सिंगै लोक उहाँको लोकवेदमा भेटिन्छ भन्दा फरक नपर्ला ।
अर्को हो नयाँ प्रयोगको शैली मानेशैली लिएर आएको लोकाकाव्य साइनु जसको शीर्षक नै काफी छ लोकमा हराएर जाँदैगरेका उखान, टुक्का, कहावतलाई लोकछन्दमा मिठो गरी प्रस्तुत गरिदिनाले साइनु जोडिएको छ । हिजोका दिनमा हाम्रो लोकमा के कस्तो थियो भनेर हेर्न ऐना सावित हुने काव्य साइनु लेखको अर्को विशिष्टता र पारख हो भन्न मन लाग्छ । अर्को हो नयाँ प्रवर्तन गरिएको मुक्तक जस्तै देख्नमा जुम्ल्याहा जस्तै दुवैको अनुहार मिले पनि आत्माभाव फरक रहेको छ लेखक उक्तकका प्रवर्तक हुन् ।
कविको मौलिकता मुक्त हुन्छ भनेमात्र मौलिक हो त्यसलाई मुक्तक भन्नु पर्छ यदि उक्ति सूक्ति कहावत जन श्रुति भनाइहरू समेटेर मुक्तकको काँचुलीमा तयार गरिन्छ भने त्यो उद्धरण भयो त्यसलाई उक्तक भन्नु पर्छ भनेर एउटा नयाँ विधा सिर्जना गरेकाले त्यो पनि लोकगाथा लोकवार्ताकै आधारमा सिर्जना भएकोले मिठासपूर्ण र अर्थपूर्ण छ ।
त्यसैगरी बालबालिकाहरूका लागि पचासकै दशकमा बालकविता बाल मनोविज्ञानकै आधारमा र आफैँ चार दशक शिक्षक भएकाले बालबोली मात्र होइन कसरी सिकाउँदा सजिलो हुन्छ कसरी सजिलै सिक्छन् विधि र अक्षरको वर्गीकरण समेत गरी नयाँ सिकाइका बाटोमा गाउँदै लेख्दै गर्ने गरी बालकविता लेखेबाट मान मनोविज्ञानमा लेखक नजिक र परिचित रहेछन् भन्दा फरक पर्दैन । अब अर्को छ समयको कहर मानिस बेला बेला रोगव्याधि महामारीको शिकार हुने गर्दछ जसमा लाखौं मानिसको ज्यान जान्छ त्यसैलाई लेखक भट्ट दुईटा विश्व समर सामरिक हतियारबाट भए तर यो कोरोना महामारी प्रकृति र मानिसको बीचको समर हो त्यसैले यसलाई कविले ‘तृतीय समर कोरोना कहर’ नाम दिनुभएको छ ।
साँच्चै सुरुमा हाइकुमा पछिल्ला लेखनमा लोकलयका गीत कविताहरू स्वछन्दमा रहेका छन् पढ्दैजाँदा कोरोनाको पीडा भोगेर घर र कोठामा अर्थात होमअरेस्ट भएर पनि परिवारबाट अलग बस्नु पर्दाको पीडा कस्तो हुन्छ भन्ने यस सिर्जनामा प्रष्टै अनुभव गर्न सकिन्छ भन्नुभयो । समग्रमा भट्टका कृति चौपट्टै रमाइला र जीवनोपयोगी रहेका छन् भन्ने कुरा यी पुस्तक पाठकहरूले पढ्ने बित्तिकै अनुभव गर्न थाल्दछन् । साथै नेपाली बालबालिकाबाट वक्तृत्वकला र चित्रकला प्रतियोगिता अत्यन्तै प्रशंसनीय रहृयो ।
आदि कवि भानुभक्तको नेपाली भाषामा रचित रामयण वाचनको अतिरिक्त धेरैजना कविहरूले कविता वाचन गरी आदिकविप्रति श्रद्धासुमन अर्पण गरेका थिए । अनेसासकी अध्यक्ष नम्रता गुरागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समीक्षक डा.अच्युत शर्मा, ई. ईश्वरचन्द्र देवकोटा, नगेन्द्र न्यौपाने, नारायण राजभण्डारी, निर्मला राजभण्डारी, साहित्यकार समीक्षक प्रभा पोखरेल, कल्पना बस्ताकोटी, एनसिएनसीका अध्यक्ष आरपी पौडेल र नम्रता गुरागाईंले आ-आफ्नो विचार व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सुजाता ढुंगेल र विक्रम गौतमले गर्नुभएको थियो । लेखक द्वयले आ–आफ्ना पुस्तक बारे संक्षिप्त चर्चा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच