‘बाउ’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संखुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकी (पाख्रिबासे कान्छो) को ‘बाउ’ शीर्षकको उपन्यास विमोचन भएको छ । शनिबार बुढाथोकीको आख्यान कृति ‘बाउ’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले विमोचन गर्नुभएको हो ।

प्रमुख अतिथि गुरुङले बुढाथोकीको यस उपन्यासमार्फत संखुवासभा र त्यस आसपासको संस्कृति र इतिहासलाई सुन्दर ढंगले प्रस्तुत गरेको बताउनुभयो । कार्यक्रममा बुढाथोकीको यस कृतिको विषयमा डा. अम्बिका अर्याल, प्रा.डा.झमक शर्मा, प्रा.डा.हेमचन्द्र शर्मा र प्राज्ञ लक्ष्मी मालीले टिप्पणी गर्नुभएको थियो ।

कृतिकार बुढाथोकीले आफूले ६ महिनाकै उमेरमा आमा गुमाएको भन्दै आमा र बुबा दुवैबाट पाउने माया र अभिभावकत्व बाबुबाट पाएको बताउनुभयो । पेशाले माध्यमिक तहको स्थायी शिक्षक रहनु भएका बुढाथोकीको यो आठौं तथा दोस्रो औपन्यासिक कृति हो ।

नेपाल सरकारबाट २०७४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारसमेत प्राप्त गरिसक्नु भएका बुढाथोकी मकालु साहित्यिक समाज संखुवासभाका अध्यक्ष हुनुहुन्छ । संखुवासभा कलाकार चौतारीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता इतिहास तथा संस्कृतिविद् प्रा.डा.रमेश ढुंगेलले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?