पदभार ग्रहण गरेपछि भुवन केसीः मलाई असफल हुने छुट छैन

Read Time = 1 min

काठमाडौं । नवनियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो ।

बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गर्नुभएको हो । स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उहाँले पदभार ग्रहण गर्नुभएको थियो । कार्यालयका कर्मचारीले उहाँलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उहाँले आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको बताउनुभयो ।

१० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेकोले आफूलाई असफल हुने छुट नरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?