घट्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?