वडाध्यक्षलाई खुकुरी प्रहार गर्ने दुईजना पक्राउ

Read Time = 1 min
A A- A+

सुर्खेत । वडाध्यक्षलाई खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जाजरकोट बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाइ साउन ९ गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बारेकोट– ६ का टेकेन्द्र नेपाली र अविनास विकलाई पक्राउ गरेको हो ।

उनीहरुलाइ कुशे गाउँपालिका– ५ बाटुलेबाट पक्राउ गरिएका जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो ।

घाइते वडाध्यक्ष महतारालाई टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?