छानबिन संसदीय समितिले भोलि प्रतिवेदन बुझाउने, समान धारणाको खोजी हुँदै

Read Time = 1 min

काठमाडौं । बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताउनु भयो ।

उहाँले प्रतिबेदनमा समान धारणा आउने दाबी गर्नुभयो । तर छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?